गायक लोकेन सुब्बाले सार्वजनिक गरे “कान्छी”
काठमाडाैं | चैत २३, २०८०
पोखरा: गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत “कान्छी” सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इक्षा जागेको बताए ।
यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी, जुनीजुनी, तिमी र म, बिर्सेको छैन, कथा लगायतका गीत सार्वजनिक गरिसकेका छन् । सन् १९९८ देखि नै संगीतमा क्रियाशिल रहेको उनले उल्लेख गरे । बीचमा हराएको जस्तो देखिएता पनि संगीत प्रतिको मोह अझै भएको भनाई उनको छ ।
पोखरा १० मिलनटोल स्थायी घर भएका सुब्बा हाल युके बस्दै आएका छन् । युकेलाई कर्मथलो बनाएता पनि संगीतलाई समेत अगाडि बढाइरहेको उनले सुनाए । सार्वजनिक कान्छी गीतबाट उनी आशावादी छन् । संगीत बजारको पछिल्लो मागअनुसार नै गीत निर्माण भएको दाबी उनको छ । कान्छीको शब्द उनले नै कोरेका हुन् । आवाज सँगै संगीत समेत दिएका सुब्बाकै अफिसियल युटुब मार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा प्रदीप श्रेष्ठ, बिनु मगरको अभिनय छ । उनीहरु दुवै जना पहिलो पटक म्युजिक भिडियो मार्फत अभिनयमा आएका हुन् । म्युजिक भिडियो करियरमा केही गर्ने आशाले आफुहरु आएको उनीहरुले सुनाए । कान्छीको म्युजिक भिडियोलाई सुभाष सुवेदीले निर्देशन गरेका हुन् । गीतको भावअनुसार नै म्युजिक भिडियो बनेको उनले बताए ।
पोखराको क्रेजी स्टुडियोमा रेकर्ड गरेको गीतको म्युजिक भिडियोको सम्पादन सिनेमा एवम् म्युजिक भिडियो निर्देशक नेत्र गुरुङले गरेका हुन् । गुरुङका अनुसार पछिल्लो समय पोखरामा सांगीतिक कार्यक्रमको लर्को बढेता पनि गीतसंगीत निर्माण भने कम भएको बताए । उनले पोखराका गायक, संगीतकार र गीतकारहरुले आफ्नो सिर्जना बजारमा पस्कन आवश्यकता रहेको उनले औंल्याएका छन् । राम्रो गीत चल्नका लागि टीकटक जस्ता प्लाटफर्म नै चाहिन्छ भन्ने नभएको उनले बताए । सिर्जनामा दम भए गीत आफै चल्ने भनाई उनको छ ।
विनोद रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् । बबी सुनार (भाइलन), विवश खाती (गीतार), विकास गुरुङ (बेस गीतार), सुदीप गायक (बासुरी), सुभाष पौडेल, सुभाष अधिकारी र सन्तोष गुरुङले लगायतले गीत निर्माणमा साथ दिएका छन् । गीतको सम्पूर्ण छायाँकन पोखरा आसपासमा भएको हो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

